हिमाल पोस्टको अदालतमा लोक दोहोरी गायक मौसम गुरुङ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिमाल पोस्टको अदालतमा लोक दोहोरी गायक मौसम गुरुङ



२०४० मङ्सिर २२ गते गोरखाको फुजेलमा जन्मिएर लामो समय देखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय रहेर दर्शक श्रोतालाई रुवाएरै चर्चा कमाएका लोक दोहोरी गायक हुन मौसम गुरुङ  । उनी प्राय: पिडादायिक गीतहरू गाउने गर्छन् । झट्ट हेर्दा लजालु , गोरो वर्णका चट्ट परेर स्टेज कार्यक्रमहरूमा देखिने गायक गुरुङलाई आज हिमाल पोस्टको अदालतमा  उपस्थित गराएका छौ । प्रस्तुत छ समीर प्रकाश पाण्डेले गरेको कुराकानी । 

 स्वागत छ हिमाल पोस्टको अदालतमा 
-धन्यवाद हजुर …

गीत सङ्गीतमा बढ्दै गएको विकृतिमा तपाईँ को हात छ रे नि त ?
-यो कुरामा चैँ मैले मेरो आमा पछिको धेरै माया पाएको दर्शक श्रोताहरुलाई नि राम्रै सँग थाहा भएको कुरा हो ,मेरो हात कस्तो र कुनमा हात छ भन्ने कुरा ।

तपाईँ कलाकार बनेको विदेशको भिषा छिटो पाउने र उतै हराउने मनस्थितिले त हैन ?
-सबै कलाकारको सोचाई त्यस्तो हुँदैन कोही कोही हुन्छन् पनि तर म  चैँ त्यो भित्र पर्दैन ।

कलाकारीता क्षेत्रको चमक रंगीन जिवनशैलीले खिचेर यहाँ सम्म आउनुभो की मन देखी नै केही दिन सक्छु भनेर ?
-सानै देखि मेरो चाहना र मेरी आमाको पनि चाहना हो त्यसैले मनै देखिनै भन्न चाहन्छु…

लगानीले अगाडी बढेका र क्षमताले अगाडी बढेका मध्य तपाईँको श्रेणी ?
-दुवैमा पर्दछु म । म मा क्षमता पनि छ र लगानी पनि गरे किनकि म एउटा मुजिक कम्पनीको पनि सञ्चालक हुँ जुन कम्पनी हो शीतल सिजन डिजिटल प्रा.लि ।

अग्रजहरूले दिएका सल्लाह सुझावलाई प्राय कलाकारहरू प्रिय ठान्दैनन रे तपाईँको बिचार के छ ?
-म चैँ अग्रजलाई भगवान् ठान्छु र अग्रजहरुको कामलाई ध्यान दिएर काम गर्ने गर्दछु । उहाँकोहरूको काम  नियालेर बुझ्ने कोसिस गर्दछु ।

 केही कलाकारको जस्तै तपाईँको पनि देखाउने दात एउटा चपाउने दात अार्कै त छैन?
-खै मैले त घुमाउरो शब्द पनि बुझ्दिन र यो प्रश्न पनि राम्रो सँग बुझेको छैन । म चैँ जे हो त्यै बोल्छु बोलेको पुरा पनि गर्छु ।

कलाकारीतामा लागेकाहरू घमण्डी हुन्छन् भन्छन् दर्शक श्रोताहरू किन यस्तो भनेका होलान् ?
-होइन हुन्छन् र हुँदा पनि रहेछन् मैले पनि देखेको छु र भोगेको पनि छु तर सबै एउटी खाले चैँ हुँदैन ।

 के कुरालाई ध्यान दिएमा यस क्षेत्रको विकृति कम होला ?
-मेरो विचारमा YOUTUBE, टिभी, रेडियो मा बजाउनु अघि सेन्सर हुनु जरुरी छ ।