देशभर कुहिरो: केहिदिन मौसम बिग्रने - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देशभर कुहिरो: केहिदिन मौसम बिग्रने



काठमाडौ – मंगलबार बिहानैबाट काठमाण्डौ उपत्यकासहित देशभर कुहिरो लागेको छ ।

केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् । केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् ।

आज काठमाण्डौसहित पहाडी क्षेत्रमा दिउँसो भने घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिएका छन् । तर तराईका जिल्लामा भने आज दिनभर नै कुहिरो लाग्ने सम्भावना रहेको उनले बताएका छन् ।

यस्तै आज राति देशका विभिन्न ठाउँमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको पनि उनले बताए । तर पानी पर्ने सम्भावना भने छैन ।

मंगलबार बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।