मौसम विभागले आकस्मिक चेतावनी जारी गर्दै भन्यो: अबको २४ घण्टा खतरा छ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मौसम विभागले आकस्मिक चेतावनी जारी गर्दै भन्यो: अबको २४ घण्टा खतरा छ



काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ । महाशाखाले आकस्मिक रूपमा जारी गरेको चेतावनीमा आज (बिहीबार) राति देशभर मौसम बदली हुने बताईएको छ । त्यस्तै धेरैजसो स्थानको आकाशमा बादल रहने जनाइएको छ।

बिहिबार सांझा ६ बजे जारी गरिएको आकस्मिक चेतावनीमा महाशाखाले देशका पहाडी तथा तराइका केही स्थानमा वर्षा हुने सम्भावना बताएको छ। साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना बताएको छ।

आवश्यक सतर्कता अपनाउन भन्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गरेको छ। मौसमका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने समेत जनाइएको छ ।

जारी गरिएको चेतावनीमा भनिएको छ :

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।