मौसम विभागले भन्यो-वर्षासँगै हावाहुरी आउछ सतर्क रहनुहोस् - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

मौसम विभागले भन्यो-वर्षासँगै हावाहुरी आउछ सतर्क रहनुहोस्



काठमाडौँ । नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले धनुषा, सिन्धुली, सिराहा आसपासका जिल्लामा मेघ गर्जन र वर्षा सुरु भइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत मेघ गर्जन र वर्षा सुरु भएको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

ट्विटरमा भनिएको छ – ‘यतिबेला देशको धनुषा, सिन्धुली, सिराहा आसपासमा मेघ गर्जन र वर्षा शुरु भइसकेको अवस्था छ । यो प्रणालि थप मजवुत हुँदै हावाहुरीसहित पूर्वतिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

बिहीबार साँझ कैलाली र कञ्चनपुरमा जिल्लाआ आएको हावाहुरीको कारण २ जनाको मृत्यु भयो भने सयौं घाइते भएका छन् । यस्तै शुक्रबार बिहानै काठमाडौँ उपत्यकालगायत केही जिल्लाहरु पनि वर्षासँगै हावाहुरी चलेको थियो ।