देशभर मौसम बदलीयो: कता कता हुँदैछ वर्षा ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

देशभर मौसम बदलीयो: कता कता हुँदैछ वर्षा ?



काठमाडौं- आज (बुधबार) पनि देशभर बदली भएको छ भने केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले देशको पश्चिमी भागमा सामान्य बदली छ भने मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली छ।

साथै पश्चिमी भेगका थोरै स्थानमा अहिले (बुधबार बिहान) पानी परिरहेको उनले बताइन्।

अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले नेपालखबरलाई जानकारी दिइन्।

मनसुन अझै बाहिरी नसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना देखिएको छ।

तर त्यस्तो ठूलो र लगातारको वर्षा हुने सम्भावना नरहेकाले दसैं नै बिग्रिने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको मौसविद्ले बताउँदै आएका छन्।

माैसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानमा छ। साथै भारतको उत्तर प्रदेश आसपास न्यून चापीय  प्रणाली छ।