मौसम एकाएक बदली: हिमपात पर्नसक्ने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

मौसम एकाएक बदली: हिमपात पर्नसक्ने



काठमाडौं । मौसममा एकाएक बदली भएको छ । केहीबेर अघिबाट बदली भएको मौसमको कारण हिमपात पर्ने सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंसिक बदली रहनेछ। हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।