आजको मौसम यस्तो-चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

आजको मौसम यस्तो-चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना



काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

विभागका अनुसार पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुनेछ । यस्तै पश्चिमी पहाडी क्षेत्रको मौसम पनि सामानय बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । पूर्व तथा मध्य भूभागका केही र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्को वरुण पौडेलले जानकारी दिए ।

मौसमविद् पौडेलका अनुसार आज हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेकाले बेलुका वा रातिको समयमा देशको पश्चिम तथा मध्य क्षेत्रमा चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना हुने भएकाले सचेत रहन उनले आग्रह गरे ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको जानकारी यस्तो छ ।