आज देशभर मेघगर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने,सचेत रहन महाशाखाको अनुरोध - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आज देशभर मेघगर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने,सचेत रहन महाशाखाको अनुरोध



काठमाडौं । आज(सोमबार)को मौसम खराब देखिएको छ । मौसमविद्हरुले आज देशभर मेघगर्जनसहित पानी पर्ने र तराईमा हावाहुरी चल्ने जनाएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा दिनभर बादल लाग्नेछ । पश्चिम, मध्य तथा पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना छ । मौसम पूर्वानुमान महाशाखाले पूर्वी तराईमा हावाहुरी चल्ने सम्भावना रहेकाे जनाएको छ ।