तीन दिन सम्म मेघ गर्जनसहित हावाहुरी : मौसम कहाँ कस्तो ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

तीन दिन सम्म मेघ गर्जनसहित हावाहुरी : मौसम कहाँ कस्तो ?



काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने तीन दिन सम्म मेघ गर्जनसहित हावाहुरी र वर्षा एवम् चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।

प्रि मनसुनको समय रहेको र न्यूनचापिय रेखा पनि बनेकाले केही दिनदेखि मौसम बदली भएको र अझै केही दिन यस्तै रहने मौसमविद मञ्जु बासीले बताएकी छन् ।

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । केहीबरेपछि बादल हटे पनि अपराहन्न या बेलुकातिर बदली भइ केही स्थानमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना रहेको उनले बताएकी छन् ।

यस्तै बेलुका तिर चट्याङ्ग पर्ने र हावाहुरी चल्न सक्ने पनि मौसमविदले बताएका छन् ।