चक्रवाती तूफान ‘वायु’ को प्रभाव आज नेपालमा : मौसमविद - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

चक्रवाती तूफान ‘वायु’ को प्रभाव आज नेपालमा : मौसमविद



काठमाडौँ – भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज (बिहीबार) नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद मञ्जु बासीले चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिइन् । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उनले बताइन् ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ ।

यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् ।