आजको मौसम :केही स्थानमा वर्षा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आजको मौसम :केही स्थानमा वर्षा



काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर रहेकोले मनसुनी गतिविधि कम सक्रिय रहेको मौसम विभागले जनाएको छ ।

शनिबार देशभर सामान्य बदली रहि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सामान्य बदली भई देशका केही स्थानमा वर्षा भइरहेको छ ।

मनसूनको समयमा लगातार वर्षा हुँदा पहाडी भू–भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।