एक्कासी परिवर्तन हुनेछ आजको मौसम – सतर्क रहनुहोस

काठमाडौँ – विशेष गरि देशका पहाडी क्षेत्रको मौसम बिहीबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि-मनसुनको समय र भारतको बिहार क्षेत्रमा न्यूनचापिय रेखा बनेकाले मौसम बदली भएको मौसमविद ले जानकारी दिएका छन् । पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।
बुधबार बेलुका काठमाडौँ तथा पोखरा र आसपसका क्षेत्रमा वर्षा भयो । बिहीबार पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । तराईका क्षेत्रको मौसम भने सफा नै रहने देखिएको छ । तर अपराहन्न तिर बदली हुन सक्ने सम्भावना छ ।
यस्तै हावाहुरीको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन् । बिहानैदेखि बदली भएको काठमाडौँ उपत्यकाको मौसम दिउँसो खुले पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको छ ।

