तीन दिनको मौसम : बर्षा, हिमपात र हावाहुरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीन दिनको मौसम : बर्षा, हिमपात र हावाहुरी



काठमाडौं–आगामी तीन दिनसम्म देशभर वर्षा र उच्च पहाडी हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी र मध्य तराईमा हावाहुरीको पनि सम्भावना छ ।

आज दिनभरी देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य क्षेत्रका भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको छ भने पूर्वी र मध्य तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना पनि छ ।

राती पनि देशको पूर्वी तथा मध्य भभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भागका केहि स्थानमा र पश्चिमी पहाडी भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागहरुमा हिमपातको सम्भावाना रहेका विभागले जनाएको छ ।

भोलि सोमबार पनि दिउँसो देशको पूर्वी तथा मध्य भाग लगायत पश्चिमका पहाडी भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । राती पनि केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै बैशाख ३ गते देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भागहरुमा हिमपातको सम्भावाना छ ।

राती पनि देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको र उच्च हिमाली भागहरुमा हिमपातको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।