मौलिक भाकामा कृष्ण बाबु र शान्ता परियारको तिज गीत“चल्ती आएको ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मौलिक भाकामा कृष्ण बाबु र शान्ता परियारको तिज गीत“चल्ती आएको ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/असार ३ 

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज आउन केही महिना बाकी रहदा रहदै गीत सङ्गीतको बजारमा भने तिजका गीतहरुले बजार तताउन थाली सकेका छन् यसै क्रममा अघिल्लो वर्ष “भंगेरी चरीले” बोलको तिज गीतको अपार सफलता पछि पुराना मौलिक संस्कृति बोकेको तीज गीत “चल्ती आएको” बुलबुल मिडिया प्रा.लिई.ले आफ्नै युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरेको छ ।

चर्चित गायक खुमन अधिकारी र शान्ता परियारको समधुर स्वरमा रहेको सोही गीतमा कृष्ण बाबुले शब्द लेखेका छन् भने लय उनै गायक खुमन अघिकारीको रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोलाई शङ्कर बिसीले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायाङ्कन रहेको गीतको सम्पादन नवीन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोमा कृष्ण बाबु र अन्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ ।गीत कृष्ण बाबु र शान्ता परियारको प्रस्तुतिमा बजारमा आएको हो ।