मैत्रीपूर्ण भनिएको खेल तनावपूर्ण बनेपछि… - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

मैत्रीपूर्ण भनिएको खेल तनावपूर्ण बनेपछि…



काठमाडौँ- नेपालले मैत्रीपूर्ण फूटबल प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा मरिससलाई हराएको छ।

काठमाडौंस्थित दशरथ रङ्गशालामा मंगलबार भएको तनावग्रस्त खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो। सुजल श्रेष्ठले ११औं मिनेटमा निर्णायक गोल गरेका थिए।

पहिलो हाफको १३औं मिनेटमा टीम नेपालका कप्तान किरण चेम्जोङले मरिससका एन्डी सोफीको पेनाल्टी प्रहार बचाएका थिए। गोलकिपर चेम्जोङ म्यान अफ दी म्याच बने।

खेलको दोस्रो हाफ भने निकै तनावपूर्ण रह्यो। दुई खेलाडीले रातो कार्ड पाएपछि मरिसस टोली अन्तिम १८ मिनेटमा नौ खेलाडीमा सीमित भयो।

नेपालका पूजन उपरकोटी ७१औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। नेपालका गोलकिपिङ प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाए।

एउटै मैत्रीपूर्ण खेलमा रेफ्री नवीन्द्र महर्जनले चार वटा रातो कार्ड देखाए। गत शनिबार भएको खेलमा विमल घर्तीमगरको गोलमा मरिसस विरुद्ध नेपाल विजयी भएको थियो।