मात्रिका यादवले भने: ​भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मात्रिका यादवले भने: ​भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छ



उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताएका छन ।

लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले जिम्मा लिएर संचालनका लागि अगाडि बढ्ने मन्त्री मातृका यादवले बताए ।

‘सकेसम्म सम्बन्धित पक्षहरुलाई नै सञ्चालनका लागि भन्छौँ, नसके राज्यले जिम्मा लिएर अगाडि बढ्छ’, मन्त्री यादवले भने ।

उद्योग परिसरभित्र शनिबार पे्रस चौतारी नेपाल  र प्रेस सेन्टर नेपाल नवलपरासीले सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले यस्तो कुरा व्यक्त गरेका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले कारखाना बन्द गरेर जग्गा प्लटिङ गर्न नदिने बताउँदै उद्योग सञ्चालनमा सरकारले अध्ययन टोली पठाएर उद्योगको बारेमा यथार्थ जानकारी स्थानीयलाई दिने बताए । उनले भएका समस्या समाधानका लागि पनि सरकार प्रतिवद्ध रहेकोबताए ।

मन्त्री यादवले पेपर मिल्सको समस्या पुरानो भएको र यस्ता समस्या देशमा रहेका अन्य उद्योगमा पनि भएको भन्दै क्रमशः समाधान गर्न सरकार लागिपर्ने बताए ।

कार्यक्रमका क्रममा उनले भृकुटी उद्योग परिसरको अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा मजदुरहरुको तर्फबाट हरिप्रसाद ढकालले समस्याको बारेमा विवरण पेश गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

यसैगरि, गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले कारखाना धेरै समयदेखि बन्द रहेको र मजदुरहरुको समस्या पनि समाधान गर्न नसकिएको भन्दै कारखानालाई राष्ट्रियकरण गरेर सरकारले नै सञ्चालन गर्न माग गरे ।