माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट



अछाम । अछामको तुर्माखाँद गाउँपालिका असारा घाँटस्थित माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

शुक्रबार राति स्थानीय दीपक बिसीको घरको तल्लो तलामा रहेको कार्यालयमा बम विस्फोट हुँदा घरमा सामान्य क्षति पुगेको छ ।

बम विस्फोटबाट घरको शौचालयमा पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

सोही समूहले आयोजनाको एउटा मोटरसाइकलसमेत जलाएको छ । भे७प ९६९८ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो ।

विस्फोटमा संलग्नहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलदेखि तीन किमि पूर्व कर्णाली नदी पारी दैलेखको आठबिस नगरपालिका–१, डावमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालय रहेको छ ।