थाहा नगरपालिकामा राम्रो मतान्तरले विष्णु विष्ट विजयी - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

थाहा नगरपालिकामा राम्रो मतान्तरले विष्णु विष्ट विजयी



काठमाडौँ – मकवानपुरको थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट विजयी भएका छन् ।

विष्ट ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन् । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् ।