मतान्तर बढाउँदै देउवा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मतान्तर बढाउँदै देउवा



काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

११ सय मत गणना गर्दा देउवाले ६३० मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ४४५ मत पाएका छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा यी दुईबीच मतदान भएको हो।