बन्द भयो मतदाता नामावली संकलन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बन्द भयो मतदाता नामावली संकलन



काठमाडौं- शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको हो।

निर्वाचन आयोगका एक अधिकारीले शुक्रबारदेखि मतदाता नामावली संकलन बन्द हुने बताए।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।