सभागृहमा सकियो मतदान, ३५ मत खसेन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सभागृहमा सकियो मतदान, ३५ मत खसेन



काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी हुँदा राष्ट्रियसभा गृहमा सकिएको छ ।

सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि तोकिएको थियो त्यसपछि फेरी समय थपिएको छ र राष्ट्रियसभा गृह तर्फ मतदान सकिएको छ । भृकुटीमण्डप र सभागृहमा मतदानको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ । इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि न आउँदा कम मत खसेको जनाइएको छ । नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् ।