मत गणना सकिनै लाग्दा विवाद: गणना रोकियो - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

मत गणना सकिनै लाग्दा विवाद: गणना रोकियो



नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना सकिने लाग्दा विवाद भएको छ । विवादपछि गणना रोकिएको छ । तीन स्थानबाट भइरहेको मत गणनामा २ स्थानको सकिएको छ ।

बाँकी रहेको एक स्थानमा गणना रोकिएको छ। गणनामा १ मत फरक परेकाले विवाद भएको बताइएको छ । जसका कारण अहिले सो स्थानमा मतगणना स्थगित भएको निर्वाचन समितिले बताएको छ ।

उपसभापतिको ३५५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले १६३४, विजयकुमार गच्छदारले १४४३, धनराज गुरुङले १४३७ र डा. चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

खड्का र गच्छदार दुवै सभापति शेरबहादुर देउवा प्यानलका हुन् । उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ४38, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ ।

यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।