सिल नतोडिएको मतपेटिका भेटिएपछि बबाल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सिल नतोडिएको मतपेटिका भेटिएपछि बबाल



काठमाडौं- सिल नतोडिएको मतपेटिका भेटिएपछि वर्दिवासमा निर्वाचनको आयोगमाथि प्रश्नचिन्ह खडा भएको छ ।

वर्दिवास नगरपालिका वडा नं. ८ को मतपरिमाण सार्वजानिक भएलगत्तै सिल नतोडिएको मतपेटिका भेटिएपछि थप शंका उब्जाएको छ ।

वडा नम्बर ८ को मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको थियो।

वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन् ।

नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आशंका गरिएको छ । एमालेले भने सिल नतोडिएको मतपेटिकाको मतगणना गर्नुपर्ने माग अघि सारेको छ।

मतदान अधिकृतले दिएको जानकारी अनुसार रुजु गरिसकेको र सबै मतपेटिका एकै ठाउँमा राखिएको सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन्। उनले सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने बताइन् ।

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ ।