मतदान सकिएको ६ दिनभित्र मतगणना सक्ने तयारी - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

मतदान सकिएको ६ दिनभित्र मतगणना सक्ने तयारी



काठमाडौं- मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगले रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगलेसबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

आयोगको निर्वाचन व्यवस्थापन महाशाखा अन्तर्गतका एक अधिकृतले अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्ने आयोगको योजना छ । निर्वाचन आयोगले मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

पहिलो स्थानीय तह निर्वाचन ३१ वैशाख २०७४ सालमा भएको थियो । निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरुको पाँच वर्षे कार्यकाल पूरा हुन्छ ।

निर्वाचन आयोगले उनीहरुको विदाई हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पदबहालको व्यवस्था मिलाउने तयारी गरेको छ । देशभर ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । छिटो मतगणना गर्न सकेसम्म एकभन्दा बढी स्थानमा गणनाको व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।