राति १० बजेदेखि मतगणनाको तयारी, परिणाम आजै राति - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राति १० बजेदेखि मतगणनाको तयारी, परिणाम आजै राति



काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले अब आवश्यक प्रक्रिया सकेर मतगणना राति १० बजेदेखि नै सुरु हुने जनाएको छ ।

अहिले मुचुल्का उठाउने काम भइरहेको छ। यसअघि भएको चुनावमा कूल ४ हजार ६ सय ८१ मत खसेको थियो। मंगलबार साढे ३ बजेदेखि शुरु मतदान राति ९ बजेपछि सकिएको हो। सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ।

महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ प्रतिनिधि छन्। अब मतगणना गरिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन परिणाम आजै राति आउने निर्वाचन समितिले जनाएको छ।