मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी



आइतबार देशभर संसदीय चुनाव भएको छ। केही स्थानमा भएका छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सकिने क्रममा छ।

साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भए पनि मतदान केन्द्रमा लाइन बसेका मतदाताले पछिसम्म पनि मत हालेका छन्।

विविध कारणले केही समय अवरोध भएका मतदान केन्द्रमा अहिले पनि मतदान चलिरहेको छ।

मतदान सकिएका ठाउँबाट भने अहिले मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन आयोगले आजै राती सर्वदलीय बैठक गरेर मतगणना सुरू गर्ने जनाएको छ।