एनआरएनए मतगणना: पन्तले लिए अग्रता - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एनआरएनए मतगणना: पन्तले लिए अग्रता



काठमाडौं- एनआररएनए सम्मेलनमा बिहीबार बेलुका मतदान सकिएपछि मत गणना चलिरहेको छ । नयाँ नेतृत्वका लागि भएको मतदानमा विभिन्न ८१ देशबाट आएका २ हजार ५ सय ७० प्रतिनिधिमा २ हजार ३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

मतदान सकिएलगत्तै बिहीबार बेलुका ९ बजेबाट मतगणना प्रक्रिया सुरु गर्ने बताइए पनि अध्यक्षका प्रत्यासी कुल आचार्यलाई मतगणना स्थलमा प्रवेश नदिइएको भन्दै केहीबेर विवाद समेत भएको थियो। सोको केहीबेरपछि सुरु मतगणना अहिले पनि चलिरहेको छ।

तोकिएको समयभन्दा एक दिन पर घर्किएको एनआरएनए सम्मेलनको नयाँ नेतृत्वको निर्वाचन प्रक्रिया छिट्टै सकाउन पनि मतदान सकिए लगत्तै मतगणना सुरु गरिएको बताइएको छ।

शुक्रबार बिहान ६ बजेसम्मको मतगणना अपडेटअनुसार ८ सय मत गनिसकिएको छ। जसमध्ये अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्यका बीचमा कम मात्रै मतान्तर देखिएको छ। गणनाअनुसार पन्त आचार्यभन्दा ५५ मतले अगाडि रहेका छन्।

हालसम्म अमेरिका र क्यानाडाको मत गनिसकिएको छ। अब युरोपको गन्ने क्रम चलिरहेको छ।

निर्वाचन समितिले शुक्रबार बिहान १० बजेसम्म नतिजा बाहिर आउनसक्ने बताएको छ।