मत बदर भए गठबन्धनले चुनाव हार्छ- बेदुराम भुसाल - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

मत बदर भए गठबन्धनले चुनाव हार्छ- बेदुराम भुसाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भएर आफू पराजित हुनुपरेको बताए । आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराएर मत बदर हुनबाट रोक्नुपर्ने उनको भनाइ छ ।

महासचिव भुसालले पुनः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए ।

“हाम्रा मत बदर भएका कारण मेयर, उपमेयरले प्राप्त गरेका मत पनि जुन संख्यामा बदर भयो, त्यो कारणले हामीले चुनाव हारेका छौँ । यसलाई हामीले बिर्सिनु हुँदैन,” उनले भने, “फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौँ । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी छ ।”