एकजना बिरामीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् पदबाट राजीनामा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एकजना बिरामीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् पदबाट राजीनामा



एजेन्सी । पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एकाएक राजीनामा दिएको विषय अहिले चर्चामा छ । एक जना महिलाको मृत्यु भएको घटनाले उनले एकाएक राजीनामा दिएको बताइएको छ ।

प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि स्वास्थ्यमन्त्री मार्टा टेमिडोले पदबाट राजीनामा दिएका हुन् ।

एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ ।

विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् ।

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिए। पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । प्रधानमन्त्रीले टेमिडोको उत्कृष्ट कामका लागि धन्यवाद दिएका छन् ।