कस्तो होला मरिश्काको निर्देशन ? - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

कस्तो होला मरिश्काको निर्देशन ?



चलचित्र के म तिम्रो होइन र बाट डेब्यु गरेकी अभिनेत्री मरिश्का पोखरेल अभिनित चलचित्र ‘लम्फू’वैशाख २८ गते भोली बाट रिलिज हुँदैछ । पछिल्लो समय अभिनेत्रीहरु फिल्म निर्माण तथा निर्देशनमा आउँन थालेका छन्।आफुलाई निर्देशकको रुपमा ठुलो फिल्ममा नभई म्युजिक भिडियो मार्फत प्रस्तुत गर्दैछिन मरिश्का। अझ भन्नु पर्दा आँफै चलचित्र निर्माण गरी आँफै नायीका भएर खेलेको पनि थुप्रै उदाहण छन। यसै शिलशिलामा अभिनेत्री मरिश्का पोखरेल निर्देशनमा डेब्यु कस्तो होला ? अझ भन्नु पर्दा उनी अभिनित चलचित्र लम्फु, पण्डित बाजेको लौरी, साली कसको भेनाको र मिस्टर भर्जिन,रिलिज हुनै बाँकी छ।

अभिनेत्री मरिश्का पोखरेल निर्देशन म्युजिक भिडियो मार्फत प्रस्तुत गर्दैछिन । हिजो मात्र छायाँकन गरिएको गीतमा मरिश्काले पुष्प खड्कालाई अभिनय गराएकी छिन ।पछिल्लो समय एकपछी अर्को फिल्ममा अभिनय गरिरहेकी मरिश्का निर्देशित गीत केहि दिनमै सार्वजनिक गरिने बुझिएको छ । उनि मात्र होइन , यस अगाडी अभिनेत्री निशा अधिकारीले पनि म्युजिक भिडियो निर्देशन गरेकी थिइन् तर त्यो अझै सार्वजनिक भएको छैन ।मरिश्का पोखरेल डेब्यु फिल्म के म तिम्रो होइन र चपली हाइट २ ले खासै कमाल देखाउन सकेन म्युजिक भिडियोबाट केही आशा देखाउछीन कि ?।