मरिश्का पोखरेलको निर्देशनमा भिडियो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मरिश्का पोखरेलको निर्देशनमा भिडियो



राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ’एकतर्फी माया’ सार्वजनिक गरिएको छ ।

वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी तथा बरिष्ठ संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गर्नु भएको एल्बममा चार आधुनिक तथा चार लोकपप गीतहरु संग्रहित छन् । यस अघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । लेखनका सबै बिधामा कलम चलाउने न्यौपानेका करिब शय भन्दा बढि गीत, गजल र भजनहरु संग्रहित छन् ।

अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका मुरारी गुरागाई नेपाली श्रोताहरु माझ चर्चित छन् । गायक गुरागाईंको माई च्वाइस नामको गीति एल्बम केहि बर्ष अगाडि सार्बजनिक भएको थियो भन उक्त एल्बमको ’म ज्यूँदो लाश बन्न चाहान्न’ बोलको गीत सर्बा्धिक रुचाइएको थियो । साथै गायक गुरागाई रेडियो नेपालका आधुनिक र लोक बिधाका “क”श्रेणीका गायक पनि हुन ।

संगीतकार दीपक भट्टराई भने जापान बसेरै नेपाली गीत संगीतको आकाशमा रुचाइएका छन । शास्त्रिय संगीतका गूरु दीपकका हाल सम्म पाँच वटा एकल एल्बम र करिब डेढ शय जति गीत, गजल र भजनहरु सार्वजनिक भइसकेका छन् ।

कार्यक्रममा अभिनेत्री मरिश्का पोखरेलद्वारा निर्देशन गरिएको गीत सार्वजनिक गरिएको छ । फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले पहिलो पटक आफुलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् । उनले निर्देशन गरेको ’एकतर्फी माया’ गीतमा उनि स्वयम् देखिएको छन् भने उनको को(स्टारको रुपमा पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ ।

मरिश्का पोखरेलके कार्यक्रममा बोल्दै पहिलो पटक निर्देशनमा आएको छु , अलि फरक महसुश भइरहेको छ । मलाइ विश्वास गर्ने तिम्लाई धन्यवाद दिन चाहन्छु अनि मैले गीतको भाव अनुसार भिडियोलाई देखाउने कोशिश गरेको छु । गीतमा मलाइ साथ् दिनु हुने सम्पूर्णलाई धन्यवाद । मेरो रुची निर्देशन पनि हो , आउदा दिनमा गीत मन परेमा निर्देशनलाई पनि निरन्तरता दिनु छु ।