भारतलाई माओवादीको आग्रह: हाम्रो अखण्डतामाथि हस्तक्षेप नगर्नु - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

भारतलाई माओवादीको आग्रह: हाम्रो अखण्डतामाथि हस्तक्षेप नगर्नु



काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ।

माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको विरोध गरेका हुन्।

माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ।”

त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले लेखेका छन्, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस्।”