माओवादीका यी नेताहरूलाई कोरोना संक्रमण: अब महाधिवेशनमा सहभागी सबैको परीक्षण गराउने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादीका यी नेताहरूलाई कोरोना संक्रमण: अब महाधिवेशनमा सहभागी सबैको परीक्षण गराउने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारायणकाजी श्रेष्ठलगायत केही नेतााहरूमा कोरोना संक्रमण पाइएपछि माओवादीले महाधिवेशनमा संलग्न सबै (१७ सयभन्दा बढी प्रतिनिधि) को कोरोना संक्रमण जाँच गराउने भएको छ।

पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले सबै प्रतिनिधिलाई पीसीआर परीक्षण गराउन भनिएको र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको बताएका छन्।

आज बिहान नेता श्रेष्ठ र अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो। लगत्तै एकपछि अर्को गर्दै माओवादी केन्द्रका नेताहरूमा संक्रमण देखिन थालेको छ।

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माओवादीले केन्द्रीय समिति बैठक स्थगित गरिसकेको छ। पार्टीका कर्मचारीमा संक्रमण पुष्टि भएपछि पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालय सुनसानजस्तै भएको छ। यसैबीच प्रचण्डको स्वकीय सचिव रमेश मल्लमा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय पनि संक्रमित भएका छन्। युवा नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुबोध शेर्पाली, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डेलगायतमा कोरोना संक्रमण देखिएको छ।