माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनाव अगाडि नै पार्टी एकता हुने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनाव अगाडि नै पार्टी एकता हुने



नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनाव अगाडि नै पार्टी एकता हुने भएको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’

केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ तर चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए ।