एमाले त्यागेर माओवादी प्रवेश गरे युवासंघका इञ्चार्ज - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले त्यागेर माओवादी प्रवेश गरे युवासंघका इञ्चार्ज



युवासंघ महोत्तरीका इञ्चार्ज कुन्दन झाले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन्। आश्वासन दिएर एमालेले मेयरको टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन्।

माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले उनलाई पार्टी प्रवेश गराएका हुन्।

माओवादीले मनरा सिसवा नगरपालिकाबाट उनलाई मेयरको टिकट दिने जनाएको छ। सर्वसम्मतिले उनलाई मेयरको टिकट दिने निर्णय भएको नेता शर्माले जानकारी दिए।

झा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य समेत थिए।