माओवादीले थाल्यो चुनाव लक्षित प्रशिक्षण, कुन प्रदेशमा कहिले ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

माओवादीले थाल्यो चुनाव लक्षित प्रशिक्षण, कुन प्रदेशमा कहिले ?



काठमाडौ- नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित प्रशिक्षण तीव्र पारेको छ । निर्वाचन नजिकिएसँगै पार्टीले प्रशिक्षण तिब्र बनाएको हो ।

जस अन्तर्गत आज बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

ललितपुरको सिद्धार्थ कटेजमा बागमती प्रदेश समितिको बैठक सुरु भएकाे छ । बैठकमा बागमती प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई सहभागी हुन आग्रह गरिएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुको सहभागिता रहने भएको छ ।

भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।