माओवादीको केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

माओवादीको केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन



काठमाडौं- माओवादी महाधिवेशनका क्रममा आइतबारको बन्दसत्रमा केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।

बन्द सत्रका क्रममा निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोग अध्यक्षमा टंक राई र लेखा आयोग अध्यक्षमा पेशल खतिवडा सर्वसम्मत भएका हुन्।

अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सर्वसम्मत गर्ने प्रयास भइरहेको एक माओवादी नेताले जानकारी दिए।

माओवादी महाधिवेशनका क्रममा आइतबार संशोधित कार्यतालिका निकालिएको छ।