गठबन्धन छोड्ने, सरकारमा नजाने पार्टीको निर्णय बोकेर बालुवाटार पुगे प्रचण्ड - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

गठबन्धन छोड्ने, सरकारमा नजाने पार्टीको निर्णय बोकेर बालुवाटार पुगे प्रचण्ड



राष्ट्रपतिले सरकारको दाबी गर्न दिएको समय सकिनैलाग्दा समेत सहमति बन्न नसकेपछि माओवादी केन्द्रले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको माओवादीका शिर्ष नेताहरूको बैठकले सरकारको नेतृत्व नपाए गठबन्धनमा नबस्ने निर्णय गरेको स्रोतले जानकारी दियो । नेताहरूले नेतृत्व नपाएको खण्डमा सरकारमा जानुको कुनै औचित्य नहुने बताएका थिए ।

नाताहरूबीच भएको छलफलमा माओवादीले सके नेतृत्व लिनुपर्ने नभए प्रतिपक्षमा बस्नु नै उत्तम हुने बताएका थिए । नेताहरूले पछिल्लो जनमतका कारण यसपछि बन्ने सरकारमा नेतृत्व गर्न नपाइने भन्दै यस्तो बताएका थिए ।

माओवादी केन्द्रले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

छलफलको क्रममा कांग्रेसले प्रधानमन्त्री दिन नमाने माओवादी गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा बस्न तयार हुनुपर्ने दबाब नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका थिए ।

पार्टीका नेताहरूको सन्देश लिएर प्रचण्ड बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दिन कांग्रेस तयार नभए माओवादीले बालुवाटार बैठकबाटै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिने स्रोतको दाबी छ  ।

माओवादीले यसअघि देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको त्यतिखेर भएको सहमति अनुसार बन्ने नयाँ सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने सहमति बनिसकेकाले अहिले कांग्रेसले धोका दिन नमिल्ने दाबी गरेको छ