तत्कालिन माओवादी नेताहरु चर्चबाट विदेश जानेगरेको खुलासा - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

तत्कालिन माओवादी नेताहरु चर्चबाट विदेश जानेगरेको खुलासा



काठमाडौं- एकजना अधिकारवादीले चर्चहरुमार्फत् तत्कालिन माओवादी नेताहरुलाई यूरोप पुर्याउने गरेको खुलासा गरेका छन् । क्रिष्चियन धर्मसँग आवद्ध डा. के बि रोकायाले उक्त खुलासा गरेका हुन् ।

चर्चमार्फत् माओवादी नेताहरुलाई यूरोप जाने व्यवस्था गर्थें, डा. के वी रोकायाले एपी न्युज अनलाइन टेलिभिजनलाई भने, ‘सीपी गजुरेलले जर्मन जाने चाहना गरेपछि चर्चमार्फत भीसा मिलाइदिएँको हुँ ।’ गजुरेल चर्चमार्फत मिलेको भीसाबाटजर्मनलगायत यूरोपका देशहरु पुगेको समेत खुलाए ।

खिमलाल देवकोटा पनि चर्चकै मार्फत मिलेको भीसाबाट यूरोप पुगेको उनको खुलासा थियो । यूरोपमा सँगै लगेर यूरोपेली युनीयनको प्रतिनिधिहरुसँग भेटाएको उनको भनाई थियो । उनले भने, ‘खिमलाल देवकोटालाई यूरोपेली युनियनको प्रतिनिधिसँग भेटाएँ ।’

माओवादीले शुरुमा चर्च बन्द गर्ने र आक्रमण बन्द गर्ने गरेपनि पछि चर्च खोल्न लगाएको उनको भनाई थियो । उनले भने, ‘माओवादी शुरुमा चर्चको विराधी थिए, बन्द गर्नु भने तर पछि परिवर्तन भएर चर्च खोल्न लगाए ।’

पश्चिमाहरुले यहाँका क्रिष्चियन र चर्चमार्फत् धारणा समेत बनाउने गरेको भन्दै माओवादीप्रति धारणा सकारात्मक बनाउन चर्चमार्फत सहयोग गरेको समेत बताए । क्रिष्चियनहरुबाट माओवादीलाई राजनीतिक शक्ति हो भन्ने धारणा बाहिर ल्याउन आफूले मुख्य भूमिका खेलेको समेत खुलाए । त्यसपछि मात्र यूरोपेलीलगायत पश्चिमाहरु माओवादीप्रति सकारात्मक बन्दै गएको उनको भनाई थियो । माओवादीको क्रिष्चियनतप्रति सकारात्मक धारणा बनाउन आफूले भूमिका खेलेको र त्यसले उनीहरुलाई दूरगामी लाभ पुगेको उनले बताए ।

फाइल तस्बिर