माओवादीले चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

माओवादीले चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनाव केन्द्रित भएर दुई महिने अभियान चलाउने भएको छ । केन्द्रीय कमिटी बैठकले स्थानीय चुनावलाई लक्षित गरेर दुई महिने अभियान चलाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

“केन्द्रीय समितिले निर्वाचन कार्यक्रम अन्तर्गत दुई महिने अभियान बनाएको छ । केन्द्रीय सदस्य सबैलाई प्रदेश, जिल्ला, पालिकामा केन्द्रित गर्ने भन्ने निर्णय भएको छ,” उनले भने ।

माओवादीले गठबन्धन नभए एकल रूपमा निर्वाचनमा जाने गरी तयारी गरेको को छ । चुनावी तालमेलका लागि जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय बैठकले गरेको पुनले बताए ।

“सम्बन्धित तहमा वार्ता संवाद गर्न, एकल रूपमा निर्वाचन लड्ने गरी तयारी गर्ने, आफ्नै खुट्टामा उभिएर आफ्नै खुट्टामा भर गरेर निर्वाचनमा जाने,” उनले भने, “मिल्न सक्ने ठाउँमा मिल्ने गरी कार्यदल बनाएर काम पनि गर्ने, गठबन्धनमा तालमेल भए राम्रो, भएन भने आफ्नै ढंगले लड्छौँ ।”