पिर युट्युवबाट हटाउन प्रकाश सपुतलाई माओवादीको धम्की - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पिर युट्युवबाट हटाउन प्रकाश सपुतलाई माओवादीको धम्की



काठमाडौं : नेकपा माओवादी केन्द्र निकट संगठनहरूले कलाकार प्रकाश सपुतको म्युजिक भिडियो पिर युट्युवबाट हटाउन दबाब दिएका छन्।

माओवादी निकट जनक्रान्तिमा घाइते तथा अपाङ्ग योद्धा सघ, अखिल नेपाल महिला संंघ (क्रान्तिकारी), जनसांस्कृतिक महासंघ, नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

गीतले दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको बताएका छन्। ‘पिर कलाकार सपुतको सिर्जना नभई प्रतिगामी तत्वले परिचालन गरेको उनीहरूको दाबी छ।

‘म्युजिक भिडियो प्रकाश सपुतको मात्रै सिर्जना मान्न सकिदैन।’ विज्ञप्तीमा भनिएको छ, ‘यसको पृष्ठभूमि प्रतिगामी तत्वहरूले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।’