माओवादी-काँग्रेस सरकार बने देखि नेपाल-भारत सम्बध अझै सुधार :डा. महत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

माओवादी-काँग्रेस सरकार बने देखि नेपाल-भारत सम्बध अझै सुधार :डा. महत



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

पूर्व परराष्ट्रमन्त्री एवंम्  नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले माओवादी-काँग्रेस सरकार बने देखि  नेपाल भारत सम्बध अझै सुधार भएको बताएका छन्  ।नेता महतले भारतको राजधानी दिल्लीस्थित नेपाली राजदूतावासमा नेपाली जन सम्पर्क समितिका पदाधिकारीसँगको बैठकपछि नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसँग कुरा गर्दै  मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउन नेपाली काँग्रेस प्रयासरत रहेको बताएका थिए   ।

राजपाले प्रदेश नम्बर दुईको चुनावमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको विषयमा बोल्दै महतले नेपाली काँग्रेसको मतले मात्रै पनि संविधान संशोधन असम्भव भएको भन्दै एमालेको सहयोग पनि चाहिएको बताएका थिए  । उनले  नेपाली काँग्रेसले आफ्नो तर्फबाट प्रयास गरिरहेको भन्दै राजपाले पनि एमालेलाई मनाउने प्रयास गर्ने बताए  ।

नेपाल भारत सम्बन्धका बारेमा बोल्दै पूर्वमन्त्री महतले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनमा सरकार बनेदेखिनै नेपाल भारत सम्बन्धमा सुधारको पहल भएको भन्दै आफू पररराष्ट्रमन्त्री भएपछि पटक-पटक भारतमा आएर सम्बन्ध सुधारको पहल गरेपछि अहिले सम्बन्धमा राम्रो सुधार आएको उनको भनाई छ । अब शेरबहादुरर देउवा प्रधानमन्त्री भएको अवस्थामा नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने  उनले विश्वास गरेको बताए  ।

महत प्रवुद्ध समूह अन्तर्राष्ट्रिय सहयोग परिषदको अन्तरक्रिया कार्यक्रममा  सहभागी हुन भारतको राजधानी दिल्लीमा छन्   ।उनि शनिवार साँझ कार्यक्रम पश्चात   स्वदेश फर्कने कार्यक्रम रहेको छ।