ईयूको प्रतिवेदनप्रति माओवादी चुप किन ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ईयूको प्रतिवेदनप्रति माओवादी चुप किन ?



काठमाडौं – नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियन (ईयू)ले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्र मौन देखिएको छ ।

जब कि यसको सर्वत्र विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाट नै उक्त प्रतिवेदनमाथि आपत्ति जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेका थिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्तिमार्फत उक्त प्रतिवेदन सच्याउन आग्रह गरेको छ ।

प्रतिवेदनले नेपालको संविधानका प्रावधानका लागि ठाडो चुनौती दिएको उल्लेख गरेको छ ।

धेरै नागरिक पक्षले समेत यसको विरोध गरिरहेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

यतिसम्म कि सर्वसाधारण जनताले समेत ईयूको नेपाल र नेपालीलाई होच्याउने व्यवहारलाई मन पराएका छैनन् ।

तर माओवादी केन्द्रले भने औपचारिक या अनौपचारिक रुपमा अहिलेसम्म यसको कुनै विरोध गरेको छैन ।

माओवादी केन्द्रका नेताहरुले पनि ईयूको प्रतिवेदनबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

यसलाई राष्ट्रवादी नेपालीले आश्चर्यका रुपमा लिएको पाइएको छ ।