चितवन माओवादीमा एकपछि अर्को संकट- नेतृत्व नै एमाले प्रवेश गर्ने लहर - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

चितवन माओवादीमा एकपछि अर्को संकट- नेतृत्व नै एमाले प्रवेश गर्ने लहर



नेकपा माओवादी केन्द्रका चितवन जिल्ला सह-इन्चार्ज रमेश रेग्मी ‘अमर’ नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा स्वागत गरिएको छ।

रेग्मीसहित माओवादीनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रवेश गरेका रेग्मी माओवादी बागमती प्रदेश कमिटी सचिवालय सदस्य पनि हुन्। पोखरेल पनि बागमती प्रदेश कमिटी सदस्य थिए।

एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीका अनुसार उनीहरु सबैलाई ओलीले पार्टीमा स्वागत गरेका छन्।

एमाले प्रवेश गरेका रेग्मीले माओवादी पुष्पकमल दाहाल एन्ड कम्पनी बनेकाले त्यहाँ बस्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई थप क्षति हुने निष्कर्षसहित एमालेमा प्रवेश गरेको बताएका छन्।

उनले यसभन्दा पहिले चितवनसँगै काठमाडौ र ललितपुरमा समेत माओवादी जिल्ल पार्टी सचिव भएर काम गरिसकेका छन्।

यसअघि गत भदौ ३१ गते माओवादीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य यमबहादुर परियार एमालेमा प्रवेश गरेका थिए।

परियार र रेग्मीले एमालेतिरको यात्रा थालेपछि माओवादी चितवन जिल्ला इन्चार्ज र सह-इन्चार्जविहीन हुन पुगेको छ।

रेग्मी एमालेमा प्रवेश गर्दा यसअघि माओवादी छाडेका केन्द्रीय सदस्य यमबहादुर परियार पनि बालकोट पुगेका थिए।