प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । मंगलबार दिउसो ३ बजे पार्टीको मुख्यालयमा बैठक बोलाइएको बताइएको छ ।

पछिल्लो समय नेकपा एमालेले सदनमा अवरोध गरिरहेको छ भने सरकारले मन्त्रिपरिषद विस्तार गर्न नसकेर आलओचती बन्नुपरेको छ । यी लगायतका बिषयमा गर्न माओवादीले बैठक बोलाएको बताइएको छ ।

सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ।

अध्यक्ष प्रचण्डले पार्टीमा नेताहरूको जिम्मेवारीमा ब्यापक हेरफेर गर्ने चर्चा चलिरहेका बेला बैठक बोलाएपछि त्यसबारे पनि केहि निर्णय हुनसक्ने अनुमान गरिएको छ ।