प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन। शनिबार दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुनेछ।

केहीदिन अघि सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३-१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो।

यस्तै, २२ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको थियो। तत्कालीन नेकपा हुँदा २०० केन्द्रीय सदस्यमध्ये केही एमालेमा प्रवेश गरेका र अन्य विविध कारणले रिक्त भएका केन्द्रीय सदस्य हप्ता दिनभित्रै थप गर्न स्थायी समितिलाई जिम्मा दिने बैठकले निर्णय गरेको थियो।

त्यसमा युवासहित समानुपातिक समावेशीका आधारमा थपिने भनिएको छ। प्रदेश समितिहरुका केही रिक्त पदाधिकारीसमेत तत्काल थप गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो।

केन्द्रीय कमिटी बैठकले जिल्ला समितिहरू खारेज गरेको थियो। अब जिल्ला समन्वय समिति बनाउने माओवादीको योजना छ।