समानुपातिक सांसदको विषयले माओवादीको बैठकमै लफडा
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो ।
समानुपातिक सांसद चयनको विषयमा प्रवेश गरेपछि बैठकमा चर्काचर्की भएको बताइएको छ । त्यसपछि बैठक पुनः बस्नेगरी रोकिएको बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।