माओवादी स्थायी समिति बैठक जारी, यी एजेण्डामा भैरहेको छ छलफल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादी स्थायी समिति बैठक जारी, यी एजेण्डामा भैरहेको छ छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा सुरू भएको छ। आज बसेको स्थायी कमिटिको बैठकले माओवादीमा केन्द्रीय सदस्य चयनबारे छलफल गर्ने बताइएको छ ।

जारी महाधिवेशनमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न पनि स्थायी समिति बैठक बसेको बताइएको छ ।

क्लस्टरअनुसार केन्द्रीय सदस्य संख्या टुंग्याउन गठित कार्यदलले बुझाउने प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने बताइएको छ । त्यसका अलावा विभिन्न समूहबाट आएका सुझाव र प्रस्तावका बारेमा पनि छलफल हुने बताइएको छ ।