माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। अहिले बिहान ११ बजे बैठक बस्दैछ।

राष्ट्रिय सम्मेलनको तयारीका लागि आज बैठक बस्न लागेको माओवादी केन्द्रले जनाएको छ।

आगामी ११-१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। काठमाडौंमा हुने सोही सम्मेलनको तयारीका लागि आज बैठक बस्न लागेको हो।

यस्तै, आजको बैठकमा सम्मेलनको तयारीसँगै विभिन्न समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।