माओवादीले पनि बोलायो केन्द्रिय कमिटी बैठक, यी एजेण्डामा हुँदैछ छलफल - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

माओवादीले पनि बोलायो केन्द्रिय कमिटी बैठक, यी एजेण्डामा हुँदैछ छलफल



काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो।

साँझ ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए। राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा समेत छलफल हुने उनले बताए।

बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने पोखरेलको भनाई छ। पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ।

संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य दिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागेको उनले बताए। माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ।

बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी रणनीतिबारे समेत छलफल हुने जनाइएको छ।